अमेरिकाले यूक्रेन सेना पठाउँदैन : बाइडेन

काठमाडाैँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यूक्रेनमा अमेरिकाले सेना परिचालन नगर्ने बताएका छन् । बुधबार राष्ट्रको नाममा सम्बोधन गर्दै बाइडेनले आफूहरू यूक्रेनकाे साथमा भएपनि सेना भने परिचालन नगर्ने प्रष्ट पारेका हुन् । सम्बाेधनका क्रममा बाइडेनले भनेका छन्, ‘स्पष्ट हुनुपर्ने कुरा के हो भने हाम्रो सेना यूक्रेनमा रुसी सेनासँग उल्झिएको छैन र आगामी दिनमा पनि उल्झिने छैन ।’

राष्ट्रपति बाइडेनले भनेका छन्, ‘अमेरिकी सेना यूराेपमा यूक्रेनकाे लडाइँको लागि खटाइएका होइनन् । उनीहरू पुटिनले पश्चिमतर्फ पाइला चाल्दा नेटो गठबन्धनको सुरक्षा गर्न खटिएका हुन् ।’

बाइडेनले अमेरिका र आफ्ना गबन्धनले यूक्रेनलाई प्रत्यक्ष सहयोगस्वरुप १ अर्ब डलरबराबरको सहयोग दिने घोषणा गरेका छन् । यो सहयोग सैन्य, आर्थिक र मानवीय प्रयोजनको लागि प्रयोग हुने उनको भनाइ छ । एजेन्सीकाे सहयाेगमा…

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 15 =