ओलीलाई रावलको जवाफ- ‘म पार्टी सिद्धान्त अनुरूप उभिएको छु’

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले आफ्ना अभिव्यक्ति राख्न नदिनु पार्टीको सिद्धान्त विपरीत भएको बताएका छन् । संसद्‌मा छलफलमा सहभागी हुननदिनु आत्मप्रचारक सोच भएको बताएका हुन् ।

रावलले सामाजिक सञ्जालमार्फत एमालेको विधानले प्रतिवेदन र संगठनात्मक प्रस्तावले एमसीसीसँगको सम्झौताबारे स्पष्ट धारणा बनाई राष्ट्रिय हितको पक्षमा उभिन निर्देशित गरेको उल्लेख गरे ।

‘पार्टी विधानले राष्ट्रिय हितको पक्षमा उभिन निर्देशित गर्दछ,’ उनले भनेका छन्, ‘संसद्‌मा छलफलमा सहभागी हुननदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त, र नीति विपरीत हो । म पार्टी सिद्धान्त अनुरूप उभिएको छु ।’

यसअघि मंगलबार अध्यक्ष केपी शर्मा ओलीले नेता रावलले आफूलाई हिरो देखाइराखेको बताएका थिए । त्यसको जवाफमा नेता रावलले देशको पक्षमा बोलेर ‘महाहिरो’ हुन अध्यक्ष ओलीलाई आग्रह गरेको छन् । ‘अध्यक्षले आफै देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुने थिएँ,’ उनले अगाडि भनेका छन्, ‘देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =