सुनको मूल्य एक लाख रुपैयाँ नजिक

काठमाडौँ । सुनको भाउ बुधबार प्रतितोलामा एक हजार ९०० रुपैयाँको दरले बढेर एक लाख रुपैयाँ नजिक पुगेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ५०० रुपैयाँ कायम भएको छ ।  मंगलबार छापावाल सुन तोलाको ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी बुधबार तेजाबी सुनको भाउ तोलाको ९९ हजार निर्धारण भएको छ ।  चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँको दरले बढेको छ ।  मंगलबार एक हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार ३७५ रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =