टेलिटकले नेपाल ल्यायो ‘बोट’का उत्पादन

काठमाडौँ । भारतको वायरलेस हियरेबल्स ब्रान्ड इमयाजिन मार्केटिङ लिमिटेडका उत्पादन नेपालमा ल्याउन थालेकाे छ ।

उक्त उत्पादन नेपालमा वितरण गर्न कम्पनीको नेसनल डिस्ट्रिब्युटरमा नेपाली कम्पनी रमेश कर्पको भगिनी संस्था टेलिटक प्राइभेट लिमिटेड नियुक्त भएको छ । उक्त नियुक्ती सम्झौतासँग अब बोट ब्रान्डका उत्पादन नेपाली उपभोक्ताले नेपालमा उपयोग गर्न सक्ने छन् ।

इम्याजिन मार्केटिङ लिमिटेडका सीईओ विवेक गम्भीरले भने– ‘हाम्रा उत्पादनहरु नेपालमा पनि ल्याउन पाउँदा हामाी अत्यन्तै उत्साहित छौँ । हाम्रो उद्देश्य सम्पूर्ण युवा उपभोक्तालाई उनीको चाहना अनुरुपको अडियो सोल्युसन प्रदान गर्ने हो । हाम्रो ब्रान्डलाई विश्वभरीका उपभोक्तामाझ पुर्याउन हामी सधैंँ प्रयासरत छौँ र यो हाम्रो लागि महत्वपूर्ण कदम हो ।’

इम्याजिन मार्केटिङ लिमिटेडले ब्लुटुथ इनेबल्ड हियरेबल प्रोडक्ट्स र अन्य इलेक्ट्रोनिक सामानको उत्पादन, निर्माण र विकास गर्न हालै डिक्सन टेक्नोलोजी लिमिटेडसँग जोइन्ट भेन्चर सुरु गरेको छ ।

टेलिटक प्रालिका कार्यकारी निर्देशक प्रतीक जलानले भने, ‘बोटले वर्षौंदेखि स्टाइलिश र राम्रो काम गर्ने उच्च–गुणस्तरीय अडियो उपकरणहरू मार्फत आफ्नो बलियो ब्रान्ड इक्विटी निर्माण गरेको छ । यो साझेदारी मार्फत हामीले नेपाली उपभोक्ताहरूलाई सस्तो मूल्यमा उत्कृष्ट गुणस्तरको उत्पादन उपलब्ध गराउने लक्ष्य राखेका छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *