पल शाह प्रकरणबारे मुख खोल्दै अभिनेत्रीहरू

काठमाडौँ । करणीको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह प्रकरणबारे अभिनेत्रीहरूले आफ्नो धारणा राख्न थालेका छन् ।

यो प्रकरणमा सामाजिक सञ्जालमा पलको पक्ष र विपक्षमा अनेकौ भनाइ राख्ने, को दोषी भन्ने खालका सामग्री तयार पार्ने, टिकटक युट्युब आदिमा भिडियो पोस्ट गर्ने क्रम बढेपछि नायिकाहरू बोल्न थालेका हुन् । मंगलबार अभिनेत्री रेखा थापाले पनि गल्ती गर्नेलाई कारबाही हुनैपर्नेमा जोड दिएकी थिइन् । उनले बालिकालाई सुरक्षा र अभभावकत्व प्राप्त गर्ने अधिकार हुने भन्दै समाजको भूमिका उनीहरूलाई संरक्षण गर्ने खालको हुनुपर्ने बताएकी छन् ।

२० बर्ष मुनिका छोरीहरू बालिका हुन, बालिका कानुनत: सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन । समाजको भूमिका उनिहरूलाई सम्रक्षण गर्ने हो । को सँग लभ छ? कती पटक यौन संपर्क भयो? यस्ता नैतीकताबादी कुराको कानुनलाई मतलब हुनु हुँदैन । समाजको आडम्बर त कुरा गरी साध्य छैन । केटी मान्छे भने पछी दुनियाँ भरी कतै नभएका नैतीक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा ब्याप्त छ ।

अभिनेत्री सञ्चिता लुइँटेलले पनि यसबारे बोल्दै सही र गलत छुट्याउने काम अदालतको भएको भन्दै अदालतले फैसला गर्दासम्म सामाजिक सञ्जालमा अनावश्यक होहल्ला र गालीगलोज नगर्न आग्रह गरेकी छन् । उनले यस विषयमा टिकटकमा बालबालिकाको प्रयोग गरिएकोप्रति पनि आपत्ति जनाएकी छन् । फेसबुकमा उनले लेखेकी छन्-

पछिल्लो प्रकरणसँग जोडेर धेरै आपत्तिजनक भिडियोहरू टिकटकमा भाइरल भइरहेका छन् । यस्तो कार्यमा धेरै बालबालिकाको पनि प्रयोग भइरहेको पाएको छु, जुन अत्यन्तै चिन्ताजनक कुरा हो । कानुनले निरुपण गर्न बाँकी रहेको विषयमा कसैको व्यक्तिगत इज्जत–प्रतिष्ठामा आँच आउने र चरित्रहत्या गर्ने किसिमका पोस्टहरू कृपया बन्द गरौं । खासगरी बालबालिकालाई यस्ता चिजबाट टाढा राखौं । यसमा नेपाल प्रहरीको समेत ध्यानाकर्षण गराउन चाहन्छु । दोषि र निर्दोषी छुट्याउने काम कानुन र अदालतको हो । त्यतिञ्जेल सबैले धैर्य गर्नुको विकल्प छैन । सामाजिक सञ्जालको अनावश्यक होहल्ला र गालीगलौजले न्यायसम्पादनको प्रक्रिया प्रभावित नहोस भन्नेमा सबै सचेत रहनुपर्छ ।

यस्तै अभिनेत्री लक्ष्मी बर्देवाले प्रवृत्तिमाथिको आवाजलाई व्यक्तिगत बनाउन नहुने कुरा उठाएकी छन् । कानुन विपरीत कृयाकलाप गर्दा सजाय भोग्नुपर्ने कुरा सबैले बुझ्नुपर्ने र कोही मलाई मन पर्ने वा मेरो नजिकको ब्यक्ति हो हि होइन भन्ने कुराले कानुनलाई प्रभाव पार्न नहुने बताएकी छन् ।

उनले भनेकी छन्- हामी यत्ती त बुझ्न सक्छौ नि, कानुन बिपरित कृयाकलाप गर्दा कानुनी सजाय भोग्नु पर्छ । मलाइ मन पर्ने मान्छे हो,होइन !,मेरो नजिक छ, छैनले यसलाइ फरक पर्दैन र पर्नु पनि हुदैन !

‘प्रबृत्ति’ माथीको आवाजलाई ‘ब्यक्तिगतू’बनाउनु आफैमा मुर्खता हो !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *