जाल्पा लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

काठमाडौँ । प्रभु क्यापिटल लिमिटेड जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ ।

सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो । सम्झौतामा जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिमला योगी र प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

सेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका काम गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *