महाशिवरात्रीको अवसरमा ग्यापुको महासेलिब्रेसन अफर

काठमाडौँ । महाशिवरात्रीको अवसरमा ग्यापुले महासेलिब्रेसन अफर ल्याएको छ । महाशिवरात्रीको अवसरमा ग्यापुले पूजा सामग्रीहरूमा ३० प्रतिशत सम्मको छुट प्रदान गरेको छ ।

कम्पनीका अनुसार ग्यापुको जी–बार अन्तर्गतको सामग्रीमा बाई वान गेट वान फ्रि अफर उपलब्ध गराएको छ । कुनै पनि एउटा सामग्री खरिद गरेको खण्डमा सोही अर्को सामान सित्तैमा प्राप्त गर्न सकिन्छ ।

साथै हुक्कामा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सकिन्छ । ग्यापुमा आगो बाल्नको लागि दाउरा पनि खरिद गर्न सकिन्छ । ग्यापुको सम्पुर्ण सामग्रीहरू फ्रि डेलिभरी हुनेछ । साथै दुई हजार सम्मको सामान खरिदमा तत्काल नगद छुट पाउन ‘SHIVA200’ कोड राख्न सकिन्छ ।

ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाइट मार्फत अर्डर गर्न सकिन्छ ।

ग्राहकले सामान खरिद गर्दा इ–सेवा, प्रभु पे, फोन पे , सेल पे, आइएमइ पे, खल्ती र जुनसुकै बैंकको मोबाइल बैकिङ बाट पनि ‘क्यु आर’ कोड मार्फत भुक्तानी गर्न सक्छन् ।

त्यस्तै विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड प्रयोग गरेर भुक्तानी गर्ने सुविधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने कम्पनीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *