सिद्धार्थ इन्स्योरेन्सद्वारा २ करोड ६० लाख दावी भुक्तानी

काठमाडौँ । सोलखुम्वुस्थित खुम्वु पासाङ्ग ल्हामु गाउँपालिकामा रहेको पिस फुल लजमा २०७८ असोज २ गते आगलागीबाट भएको क्षति वापतको वीमा रकम सिद्धार्थ इन्स्योरेन्सले भूक्तानी गरेको छ ।

२ करोड ६० लाखको चेक संस्थाका प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रीले पिस फुल लजका सञ्चालक कुसाङ शेर्पालाई हस्तान्तरण गरेका हुन् । २०७२ सालको भुकम्पबाट भएको क्षति वापत समेत सल्लेरी र नाम्चे क्षेत्रका वीमितहरुलाई कम्पनीले दावी वापत भुक्तानी दिएको थियो ।

चालु आर्थिक वर्ष २०७८/०७९ को हालसम्मे ६ हजार ९७ वटा दावी फर्छयौट गरी कम्पनीले ७३ करोड ६६ लाख ९७ हजार तथा अग्रिम दावी वापत विभिन्न दावी कर्ताहरुलाई ८ करोड ५० लाख भुक्तानी गरी जम्मा ८२ करोड १६ लाख ९७ हजार भुक्तानी गरेको छ ।

फर्छयौट गर्न बाँकी दाबीको संख्या ३ हजार ८४१ (कोरोना दावी बाहेक) रहेको र सो वापत भुक्तानी गर्नु पर्ने रकम १ अर्ब ४१ करोड ४३ लाख ६४ हजार रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *