एनएमबिका ग्राहकलाई सोवा हेल्थकेयरमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकका ग्राहक, कर्मचारी तथा उनीहरुका परिवारले जावलाखेलस्थित सोवा हेल्थकेयर सेन्टरको स्वास्थ्य सेवामा छुट पाउने भएका छन् ।

छुटसम्बन्धी समझदारीपत्रमा बैंकका रिटेल बैंकिङ्ग प्रमुख रोशन रेग्मी र हेल्थकेयर सेन्टरकाका रीचा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार उक्त अस्पतालले बैंकका एटीएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहक तथा कर्मचारीलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरिद, ल्याब परीक्षण र शल्यक्रियामा विषेश छुट उपलब्ध गराउने छ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *