एभरेष्ट बैंकका ग्राहक र कर्मचारीले आगन्तुक रिसोर्टमा छुट पाउने

काठमाडैँ । एभरेष्ट बैंकका ग्राहक तथा कर्मचारीले आगन्तुक रिसोर्टको सेवामा छुट पाउने भएका छन् । बैंकका सीईओ सुदेश खालिङ र रिसोर्टका बोर्ड कोअर्डिनेटर कृष्णप्रसाद ज्ञवालीबीच उक्त छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार बैंकका कार्डबाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता र बैंकका कर्मचारीलाई रिसोर्टले आवासमा २३ प्रतिशत छुट तथा खाना र पेय पदार्थमा १४ प्रतिशत छुट दिने सम्झौता भएको हो ।

पञ्जाब नेशनल बैंकसँग संयुक्त उद्यमका कारण हाल एभरेष्ट बैंकका लाखौँ ग्राहक रहेका छन् ।

हाल बैंकले आफ्ना ११३ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर, १४६ एटिएम तथा आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क मार्फत अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *