नाबालिगकाे संरक्षण कानुनकाे सम्मान हाे : नायिका ऋचा शर्मा

काठमाडाैँ । नायिका ऋचा शर्माले नाबालिग संरक्षणकाे जिम्मा राज्यकाे भएकाे बताएकी छन् ।

मंगलवार सामाजिक सञ्जालमा लेख्दै नायिका शर्माले मुलुकी अपराध संहिताले १८ वर्ष मुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार मानेकाे भन्दै कानुनअनुसार नाबालिगकाे संरक्षण राज्यकाे कर्तव्य भएकाे उल्लेख गरेकी हुन् ।

त्यस्तै, उनले नाबालिकाप्रति भएकाे दुर्व्यवहार कुनै पनि बाहानामा कानुनले छुट नदिने समेत उल्लेख गरेकी छन् । उनले भनेकी छन्, ‘बुझौँ नाबालिगकै करमा पनि कसैले यौन सम्बन्ध राख्यो भने त्यो बलात्कार हो । उसैले बोलाएको भनेर कानुनले छुट दिन्न !’

उनले अगाडि भनेकी छन्, ‘मलाई विश्वास छ नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र हत्या गर्न सक्दैन मेरो समाजले । नाबालिगको संरक्षण, कानुनको सम्मान हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *