बानेश्वरको शंकास्पद वस्तु डिस्पोज गर्दै सेना (तस्बिरहरू)

काठमाडौँ । बानेश्वरको मूल सडकमा शंकास्पद रुपमा छाडिएको कुकर फेला परेको छ । संसद् भवन नजिकैको घुम्तीमा शंकास्पद कुकर भेटिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले वरिपरि सिल गरेर निष्क्रिय पार्ने तयारी गरिरहेको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीकाअनुसार केहीबेर अघिमात्रै शंकास्पद वस्तु भेटिएको थियो । ‘अहिले त्यस क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ,’ उनले भने, ‘नेपाली सेनाको बम डिस्पोजल टोली पुगिसकेको छ ।’

एमसीसी सम्झौता आइतबार संसदबाट पास गरिएको विरोधमा आज घोषणा गरिएको छ । एमसीसी संसदबाट पास गरिएको विरोधमा ६ वटा साना कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले बन्दको आह्वान गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 1 =