नेपालको संसदबाट एमसीसी पारित

काठमाडौँ । अमेरीकि सहयोग परियोजना एमसीसी नेपालको स‌ंसदबाट अनुमोदन भएको छ । नेपाल सरकारले यसअघि नै कार्यान्वयन गर्ने गरि हस्ताक्षर गरेको परियोजना संसदबाट अनुमोदन गर्न भने लामो माथापच्चि ब्यहोर्नुपरेको थियो ।

सत्तारूढ दलहरूबीच नै एमसीसीबारे मतैक्य नभएपछि १२ बुँदे ब्याख्यात्मक टिप्पणी सहित प्रतिनिधिसभाले पारित गरेको हो । दलगत रुपमा नेमकिपा र जनमोर्चा नेपाल मात्र यसको विपक्षमा रहे । एमालेका दुई सा‌ंसद भीम रावल र झपट रावलले पनि विपक्षमा मतदान गरे ।

एमालेले पक्ष वा विपक्षमा कतै मतदान गरेन भने कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजबादी पार्टीले यसको पक्षमा मतदान गरे ।
यो प्रस्ताब अर्थ मन्त्री जनार्दन शर्माले संसदमा पेश गरेका थिए । त्यसघि विभिन्न चरणमा यसबारे छलफल भएको थियो । छलफलमा भाग लिँदै सांसदहरूले धारणा राखेका थिए । जसमा नेकपा एमालेका भीम रावल, नेकपा माओबादी केन्द्रका गरिराजमणी पोखरेल, नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल, नेमकिपाका प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल, राप्रपाका राजेन्द्र लिङ्देनलगायतले एमसीसी देशको हितमा नभएको जिकिर गरे ।
का‌ंग्रेसका गगन थापा,  डा मिनेन्द्र रिजाल, पुष्पा भुसाल,  मिन बिश्वकर्मा माओबादीका सुरेन्द्र कार्की, शक्तिबहादुर बस्नेत, लगायतले एमसीसीको बचाउ गर्दै यसलाई देशहितमा उपयोग गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *