स्पोर्टस अवार्ड चैतमा, यसपटक सँधैभन्दा भिन्न

काठमाडाैँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ स्पोर्टस अवार्डको १८ औँ संस्करण आगामी ८ चैतमा गर्ने भएको छ।

यसपटक कार्यक्रमको स्वरुप फरक गरिएको आयोजक एनएसजेएफले जनाएको छ। विगतमा वर्षको उत्कृष्ट प्रदर्शनका आधारमा अवार्ड प्रदान गर्ने गरेपनि यो पटक धेरै गतिविधि हुन नसकेको भन्दै ‘दशक अवार्ड’ अर्थात दशकका उत्कृष्टलाई अवार्ड दिइने भएको छ ।

सर्वोत्कष्ट दशक पुरुष खेलाडी,  सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड तथा पिपल्स च्वाइस अवार्ड गरी ८ विधामा मनोनयन हुने एनएसजेएफले जनाएको छ। दशक अवार्ड भएका कारण सर्वोत्कृष्ट युवा खेलाडीको विधा समावेश गरिएको छैन।

अवार्डका लागि खेलाडी छनोट समितिले आवश्यक गृहकार्य गरिरहेको आयोजकले जानकारी गराएको छ । दशक खेलाडी पुरुष, महिला तथा प्रशिक्षकको छनोट सुरु भएको छ। पारा एथलिट, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विजेता कार्यक्रमकै दिन घोषणा गरिने आयोजकले जनाएको छ।

पिपल्स च्वाइस अवार्डका लागि मनोनयन सार्वजनिक गरिनेछ। यस वर्षपनि दशक खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ। अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयासहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।

अवार्डका लागि एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदीको अध्यक्षतामा अवार्ड मूल आयोजक समिति तथा सचिव गोविन्द रेग्मीको संयोजकत्वमा खेलाडी छनोट समिति गठन गरिएको छ। यस वर्षपनि अवार्डका लागि मुख्य प्रायोजकको रुपमा पल्सर मोटरसाइकल रहनेछ।

हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यु गोल्छा र एनएसजेएफका अध्यक्ष सुवेदीबीच प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *