एमसीसीको व्याख्यात्मक टिप्पणी मन्त्रिपरिषद्बाट पारित

संसद बैठकमा पेश गरिने

काठमाडौँ । एमसीसी सम्झौतासँगै ल्याइएको त्यसको ११ बुँदे व्याख्यात्मक टिप्पणी मन्त्रिपरिषद्ले पारित गरेको छ । संसद भवनमै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले टिप्पणी पारित गरेको हो ।

सत्तारूढ गठबन्धनले एमसिसी पारित गर्ने मध्यमार्गी बाटोका रूपमा व्याख्यात्मक टिप्पणी ल्याएका हुन् । अब यसलाई आजै बस्ने प्रतिनिधिसभाकाे बैठकमा पेश गर्ने तयारी छ ।

सत्तारूढ गठबन्धनमा रहेका दलहरू नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले अहिलेकै अवस्थामा एमसीसी पारित गर्नु नहुने बताएपछि त्यसमा सहमतिका लागि यो मध्यमार्गी बाटो अपनाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *