अमेरिकाले व्याख्यात्मक टिप्पणी नमाने एमसीसी अघि बढ्दैन : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले अमेरिकी सहयोग परियोजना एमसीसीमा संसदले पारित गर्ने व्याख्यात्मक घोषणा अमेरिकाले नमाने यो परियोजना अघि नबढ्ने बताएका छन् ।

एमसीसी सम्झौतामाथि प्रतिनिधिसभामा आइतबार भएको छलफलमा भाग लिँदै थापाले एमसीसी पारित गर्दा व्याख्यात्मक टिप्पणी पनि सँगै हुने भन्दै सम्झौताको अर्को पक्ष अर्थात अमेरिकाले पनि त्यसलाई मान्नुपर्ने र नमाने सम्झौता अघि नबढ्ने बताएका हुन् ।

व्याख्यात्मक टिप्पणीसमेत राखेर दफाबार छलफल गर्ने, पारित गरेको व्याख्यात्मक घोषणा पनि सम्झौता सँगै जाने र त्यसलाई अमेरिकाले नमाने सन्धि अगाडि नबढ्ने उनले बताए ।

संसदले एमसीसी सम्झौताबारे व्याख्यात्मक टिप्पणी गर्दा सांसदहरूले हिनतावोध गर्नुनपर्ने थापाको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *