तिनाउमा बाढी, सतर्क रहन विभागको आग्रह
२०८३ साउन ४ गते

प्रतिकात्मक तस्बिर
काठमाडौँ । रुपन्देहीस्थित तिनाउ नदीमा ठूलो बाढी आएकाले नदीकिनार र आसपासको क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
विभागले सूचनामार्फत नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दालाई बिहानसम्म उच्च सतर्क रहन ध्यानाकर्षण गराएको छ । तिनाउ नदीको जलाधार क्षेत्र र आसपासमा वर्षा भइरहेकाले ठूलो बाढी आएको विभागले स्पष्ट पारेको छ ।
२०८३ साउन ४ गते
प्रतिक्रिया
सम्बन्धित








