एमसीसीमा नेमकिपाबाहेक सबै दलको संलग्नता छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले अमेरिकी सहायता परियोजना एमसीसीमा नेपाल मजदुर किसान पार्टी नेमकिपाबाहेक सबै दलको संलग्न रहेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा सम्झौतामाथिको छलफलमा सहभागी हुँदै उनले एमसीसी परियोजना नेपाल भित्र्याउन नेमकिपाबाहेक सबै दलको संलग्नता रहेको बताएका हुन् । ‘यो हलमा रहेका कोही प्रधानमन्त्री र मन्त्री बाँकी हुनुहुन्न । नेपाल मजदुर किसान पार्टीबाहेक कोही पनि बाँकी छैन जो सरकारमा थिएन’ उनले भने ।

उनले धेरै झुट नबोल्न र तथ्यहीन कुरा नगर्न पनि एमसीसीको विपक्षमा रहेका सत्तारूढ दलकै सांसद र प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग आग्रह गरे।

उनले अमेरिकासँग लिए जस्तै भारत र चीनबाट पनि सहायता माग्नुपर्ने बताए ।

व्याख्यात्मक घोषणामा लेखेको कुरा अर्को पक्षले मानेपछि मात्रै सन्धि अगाडि जाने भन्दै उनले अस्पष्ट कुरालाई प्रष्ट पार्ने र योभन्दा दाया बाँया भयो भने, खबरदारी गर्नेगरि अहिलेलाई पारित गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *