पल शाहविरुद्ध गैँडाकाेटमा पनि पर्‍याे बलात्कारकाे जाहेरी

काठमाडाैँ । अभिनेता पल शाहविरुद्ध नवलपुरकाे गैँडाकाेटमा पनि बलात्कारकाे जाहेरी परेकाे छ ।

१३ महिनाअघि गैंडाकोटकाे एउटा होटलमा आफूलाई बलात्कार गरेको भन्दै गैंडाकोट प्रहरीमा पनि उनीविरुद्ध किटानी जाहेरी परेकाे हाे ।

आइतबार दिउँसो गैंडाकोट इलाका प्रहरी कार्यालय पुगेकी एक युवतीले नवलपुर क्षेत्रमा शाहले आफूलाई बालत्कार गरेकाे आरोप लगाएकी हुन् ।

युवतीले जाहेरीमा पल शाहले आफूलाई २०७७ चैत ७ गते गैंडाकोटको एक होटलमा जबरजस्तीकरणी गरेको आरोप लगाएकी छन् । आफूलाई सुटिङका लागि गैंडाकोट आएका बेलामा शाहले करणी गरेको आरोप ती युवतीकाे छ ।

यस्तै गत बुधबार पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि बलात्कारको अभियोगमा जाहेरी दर्ता भएको थियो ।

याे पनिः पल शाहलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *