पूर्वमन्त्री श्रेष्ठविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री तथा नेपाल सरकारका पूर्व सचिव रामकुमार श्रेष्ठविरुद्ध अदालतमा भ्रष्टाचारविरुद्धको मुद्दा दायर गरेको छ ।

आयोगले ४ करोड ४५ लाख रुपैयाँभन्दा बढी बिगो कायम गरी श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

श्रेष्ठले पदमा रहँदा श्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा गरिएको अनुसन्धानबाट उनले भ्रष्टाचार गरेको खुलेको आरोप लगाउँदै आयोगले अदालतमा मुद्दा दायर गरेको हो ।

सार्वजनिक पदमा रहेर श्रेष्ठले ६ करोड ९० लाख १६ हजार ६२७ रुपैयाँ ४० पैसाको स्रोत नखुलेको सम्पत्ती आर्जन गरेको देखिएको आयोगले जनाएको विज्ञप्ति जारी गरेर जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =