आफ्नै पार्टीको निर्णयविरुद्ध संसदमा प्रश्न गर्दै झलनाथले भने, हामी भेडाबाख्रा होइनौँ

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसी परियोजनाबारेका सम्पूर्ण विवरण सार्वजनिक गरेर छलफल गरिनुपर्ने बताएका छन् ।
एमसीसीबारेका धेरै कागजात र पत्राचार रहेको भन्दै उनले ती सबै विवरण सार्वजनिक गरेर छलफल गरेर मात्र पारित गर्नुपर्ने खनालले बताए । पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले सांसदहरू भेडाबाख्रा नभएकाे बताए । अबिलम्ब एमसीसीबारेका दर्जनौ विवरणहरू वितरण गरि त्यसमाथि छलफल गरेर छलफल गरेर मात्र निर्णय गर्नुपर्ने बताए ।
आफनो पालामा एमसीसीबारे कुनै कुरा अघि नबढाइएको भन्दै आफूलाई मुछिनु गलत भएको उनको भनाइ छ । खनालले आफुहरूले अमेरिकाको सहयोगै नलिने भनिएको नभइ एमसीसीमा अहिले राखिएका शर्तहरू अमान्य भएको बताए ।
खनालको दल नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने निर्णय गरेको थियो । खनालले त्यो निर्णयका बाबजुत एमसीसी पारित हुनै नहुने धारणा राखेका हुन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *