संसदमा एमालेको अवरोध जारी, भीम रावल भने एमसीसीको छलफलमा सहभागी

काठमाडौँ । नेकपा एमालेका नेता भिम रावलले एमसीसी प्रस्तावलाई संसदबाट अस्वीकृत गर्नुपर्ने माग गरेका छन् ।

आइतवारको संसद बैठकमा भाग लिँदै रावलले एमसीसी असमान रहेको र यसले नेपाललाई उपनिवेशिकरणतर्फ धकेल्ने भन्दै यस्तो प्रस्ताव संसदले अस्विकृत गर्नुपर्ने बताए ।

उनले राष्ट्रिय महत्वको विषय यस्तो गञ्जागोलको अवस्थामा पारित गर्न नहुने दाबी पनि गरे । अमेरिकाले नेपाललाई अमेरिकी सुरक्षा छाताभित्र राख्ने र नेपाल सरकारलाई विदेशीले चलाउने गरी अघि बढाइएको आरोपन समेत लगाए ।

अमेरिकाले दिएको दबाब आपत्तिजनक रहेको भन्दै नेपालको स्वाभिमान, स्वतन्त्रता र राष्ट्रियताको पक्षमा रहँदै एमसीसीको विपक्षमा मतदान गर्नुपर्ने उनको माग छ ।

आफ्नो दल नेकपा एमालेले संसद बैठक अवरोध गरिरहेका बेला रावलले भने समय लिएर धारणा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *