नयाँ बानेश्वरमा झडप, धारिलो हतियारसहित देखिए प्रदर्शनकारी (तस्वीरहरू)

काठमाडौँ । अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वर क्षेत्रमा झडप भएको छ । झडपका कारण नयाँ बानेश्वर क्षेत्रको स्थिति तनावग्रस्त बनेको छ ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन् । केही प्रदर्शनकारी हँसियालगायत धारिलो हतियारसहित पुगेका छन् । भिड नियन्त्रण गर्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहेको छ ।

सत्ता गठबन्धनमा आबद्ध दलहरु संसद्बाट एमसीसी अनुमोदन गर्न सहमत भएपनि प्रदर्शन रोकिएको छैन । यसअघि सत्तारुढ माओवादी केन्द्र, नेकपा एसलगायतका दलले विरोध प्रदर्शन आयोजना गर्दै आएका थिए ।

प्रदर्शनकारीहरू प्रहरीमाथि जाइलागेपछि प्रहरीले लाठी चार्ज, अश्रुग्यास र पानीकाे फाेहाेरा हानेकाे थिए । झडपमा परी केही प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरूकाे रेडक्रसले उद्दार गरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *