इंग्लिस प्रिमियर लिग

लिड्समाथि टोटेनह्यामको फराकिलो जित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटेनह्यामले लिड्स युनाइटेडमाथि फराकिलो जित हासिल गरेको छ । शनिबार लिड्सको घरेलु मैदानमा सम्पन्न खेलमा टोटनह्याम ४-० ले विजयी भएको हो ।

टोटेनह्यामले पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा एक गोल थपेको थियो । टोटेनह्यामको जितमा माट डोहेर्टी, डेजान कुलुसेभ्सकी, ह्यारी केन र सन हेंग मिनले एक एक गोल गरेका थिए ।

टोटेनह्यामको प्रिमियर लिगमा पछिल्ला ६ खेलमा यो दोस्रो जित हो । अहिलेसम्म खेलेका २५ खेलमा टोटेनह्यामको ४२ अंक भएको छ र लिगमा सातौँ स्थानमा उक्लिएको छ । त्यस्तै लिड्स युनाइटेडको भने २६ खेलमा २३ अंक रहेको छ र लिगमा १५औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − four =