मच्छिन्द्र अपराजित च्याम्पियन

काठमाडौँ । मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि अपराजित रहँदै जितेको छ । शनिबार लिगको अन्तिम खेलमा एपीएफ क्लबलाई २–१ ले हराउँदै मछिन्द्र ‘अपराजित च्याम्पियन’ बनेको हो ।

दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रलाई जिताउन अभिषेक गुरुङ र रेजिन सुब्बाले गोल गरे । एपीएफका प्रदिप लामाले एक गोल फर्काएपनि मच्छिन्द्रको अपराजित यात्रामा पूर्ण विराम लगाउन त्यो पर्याप्त भएन ।

खेलको ४२ औं मिनेटमा अभिषेकले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । तर, ६९ औं मिनेटमा एपीएफका प्रदिप लामाले गोल गर्दै खेल बराबरीमा ल्याए ।
दोस्रो हाफमा मैदान प्रवेश गरेका रेजिनले त्यसको १२ मिनेटपछि अर्को गोल थपे, जुन मच्छिन्द्रको जितका लागि पर्याप्त बन्यो ।

मछिन्द्रले १३ खेलमा १० जित र दुई बराबरीबाट ३२ अंक जोड्यो । उसले १९ गोल गर्दा मात्र २ गोल ब्यहोर्यो ।

खेलको ८६ औं मिनेटमा मछिन्द्रका सोनाम भुटिया र एपीएफका आवाश लामिछानेले दोहोरो पहेँलो कार्ड पाएपछि दुबै टोली १०–१० खेलाडीमा सिमित भएका थिए ।
एपीएफले आठौं स्थानमा रहेर लिगको समापन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *