जयनन्द लामासँगका दिनहरू सम्झँदै लोकगायक कुमार बस्नेत

काठमाडौँ। वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको गत बुधबार बिहान निधन भयो । ६६ वर्षका लामाको कारबाट झर्ने क्रममा भक्तपुरको कौशलटारमा रहेको आफ्नै घर अगाडी ब्रेकमा खुट्टा अल्झिएपछि भित्तामा ठोक्किएर निधन भएको प्रहरीले जनाएको छ ।

नेपाली लोकगीत संकलन र गायनमा मात्र होइन संगीतको अध्ययनमा समेत लामो समय बिताएका लामाको निधनले नेपाली लोक संगीत र कला क्षेत्रमा अपूरणीय क्षति हुन पुग्यो । लामाका बाल्यकालदेखिकै साथी हुन् लोकगायक कुमार बस्नेत ।

 कुमार र जयनन्दको भेट सिन्धुपाल्चोकमा भएको थियो । तत्कालीन राजा महेन्द्रको जन्मोत्सवको अवसरमा देशभरबाट कलाकार छान्ने क्रममा नृत्य निर्देशक भैरवबहादुर थापामगरसँगै कुमार बस्नेत पनि सिन्धुपाल्चोक गएका थिए । कलाकारमा छनोट भएपछि जयनन्द काठमाडौँमा आएर भैरवबहादुरकै घरमा बस्न थाले । त्यस बेला जयनन्द नृत्य कलाकार थिए । कुमार बस्नेत भने लोक गीत गाउँदै ठाउँ ठाउँमा पुग्थे ।

त्यति बेलाको समय सम्झँदै कुमार भन्छन् ‘नाचघरमा मासिक ३ सयमा गीत गाउँथ्यौँ । एकपल्ट कार्यक्रममा टिकट काटेर एक जना मात्रै दर्शक कार्यक्रम हेर्न आए । अनि मैले नै आयोजकलाई कलाकार बिरामी भए भन्न लगाएर कार्यक्रम रोक्यौँ तर त्यसपछि त्यो ३ सय रुपैयाँको जागिर पनि गयो ।’

बस्नेतसँगको कुराकानी

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *