नेपालीलाई युक्रेनबाट छिमेकी मुलुक जान सुझाव
२०७८ फागुन १४ गते

काठमाडौँ । बर्लिनस्थित नेपाली दूतावासले युक्रेनमा रहेका नेपालीहरूलाई स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीतर्फ जान सुझाव दिएको छ । एक विज्ञप्ति निकाल्दै जर्मनीस्थित दूतावासले यस्तो सुझाव दिएको हो ।
युक्रेनबाट सम्पर्कमा आएका १९३ नेपाली सुरक्षित रहेको पनि दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । युक्रेनसँग सीमा जोडिएका गणतन्त्र स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीले युक्रेनबाट बाहिर जान चाहने विदेशी नागरिकहरूलाई मानवीयताका आधारमा आफ्नो मुलुक प्रवेशका लागि नाका खोलेका छन् ।
सुरक्षित रूपमा नेपाल फर्किनका लागि ती देशहरूसम्म जान सकिने दूतावासको भनाइ छ ।

२०७८ फागुन १४ गते
प्रतिक्रिया
सम्बन्धित








