इन्टर बराबरीमा रोकिँदा एसी मिलानलाई राहत 

काठमाडाैँ । इटालियन सिरी ए फुटबलमा इन्टरमिलानले शीर्ष स्थानको एसिमीलान समान अंक बनाउने मौका चुकाएको छ । शुक्रबार इटालियन सिरी ए अन्तर्गत भएको खेलमा जेनोवासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेपछि शीर्ष स्थानको एसी मिलानले केही राहत महसुस गरेको छ ।

इन्टरले अधिकांश समय खेल नियन्त्रणमा राखेपनि गोल गर्न चुक्दा महत्त्वपूर्ण तीन अंक लिन असफल भयो । उसका फर्वाडहरुले पहिलो हाफमा पाएका गोलका केही राम्रा मौका चुकाए । दोस्रो हाफमा पनि इन्टरले लगातार प्रयास गरेपनि सफल भएन ।

जेनेवासँगको बराबरीपछि इन्टरको २६ खेलमा ५५ अंक भएको छ। एसी मिलानको २७ खेलबाट ५७ अंक भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 5 =