संसद् छिर्ने वातावरण बनाउनुस्, एमसीसीमा सघाउँछौँ : ओली

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचकाे भेटवार्ता सकिएकाे छ ।

भेटका क्रममा प्रधानमन्त्री देउवाले एमसीसी सबैको सहमतीमा पास गर्न प्रस्ताव गरेका छन् । त्यस्तै, एमाले अध्यक्ष ओलीले भने अहिले एमाले संसदमा आएर आफ्ना धारणा राख्नसक्ने अवस्था नभएको बताएकाे सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

भेटघाटपछि पत्रकारहरूसँग बाेल्दै कार्कीले अध्यक्ष ओलीले संसद छिर्ने वातावरण बने एमालेले एमसीसीमा सघाउने बताएकाे समेत उल्लेख गरे । उनले ओलीलाई उद्धृत गर्दै भने- ‘हामीलाई संसद् छिर्ने वातावरण बनाइदिनुस्, हामी एमसीसीमा सघाउन तयार छौँ ।’

त्यस्तै, मन्त्री कार्कीले एमाले एमसीसीबाट भाग्न नमिल्ने समेत जिकिर गरे । उनले एमसीसी एमाले नै संसदमा लगेको बताउँदै देशहितका लागि सबैले सोच्नुपर्ने बताए ।

उनले भने, ‘एमाले कसरी एमसीसीबाट भाग्न सक्छ ? एमाले भाग्दै भाग्दैन । एमाले एमसीसी संसद्मा दर्ता गराउने दल हो । टेबुल गर्ने हाम्रो दल हो । एमाले एमसीसीबाट टाढा जाँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seventeen =