एनसीसी बैंक र सुमेरु सिटी अस्पतालबीच सम्झौता

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक)का ग्राहकले ललितपुरको सुमेरु सिटी अस्पतालका सेवामा विशेष छुट पाउने भएका छन् । उक्त अस्पतालमा बैंकका ग्राहकलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा शुक्रबार द्विपक्षीय सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकका ग्राहकले ललितपुरमा अवस्थित सुमेरु सिटी अस्पतालमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत भुक्तानी गर्दा ओपीडी टिकट, बेड चार्ज, ल्याब टेस्ट, एक्स–रे, इसीजी, इन्डोस्कोपी/कोलोनोस्कोपी, युएसजी/ईईजी/सीटी स्क्यान/पीएफटी र अन्य डायग्नोस्टिक परीक्षण र औषधिमा १० प्रतिशत प्राप्त हुने जनाएको छ ।

त्यस्तै, एनसीसी बैंक तथा सुमेरु अप्टिकल पुल्चोक र कृति अप्टिकल भैंसीपाटीबीच द्विपक्षीय सम्झौता भएको छ । अप्टिकलले एनसीसी बैंकको बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्पmत भुक्तानी गर्र्दा अप्टिकल्स सामागीमा ३० प्रतिशत, ओपीडी शुल्कमा २० प्रतिशत र अन्य क्लिनिकल शुल्कमा १० प्रतिशत छुट प्राप्त हुनेछ ।

देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =