नेपालमा युरोपको ‘वाइन कल्चर’ भित्र्याउने द ड्रिङकर्डको दाबी

काठमाडौँ । युरोपमा उत्पादित गुणस्तरीय वाइनका साथमा ‘वाइन कल्चर’ नेपालमा भित्र्याउन भन्दै ललितपुरको बागडोलमा ‘द ड्रिङकर्ड नेपाल’ स्थापना गरिएको छ । विभिन्न पेशा व्यवसायका युवाको समुहले शुरू गरेको ‘द ड्रिङकर्ड नेपाल’ गुणस्तरीय वाइनका पारखीलाई लक्षित गरेर खोलिएको कम्पनीले जनाएको छ ।

बागडोलमा बारसहितको रिटेल आउटलेट खोलेको यो कम्पनीले सातै दिन चौबिसै घण्टा अनलाइन डेलिभिरी समेत उपलब्ध गराउँदै आएको जनाएको छ । कम्पनी शुभारम्भको अवसर पारेर द ड्रिङकर्ड नेपालले हरेक शुक्रबार र शनिबार बागडोल आउटलेटमा पुग्ने ग्राहकलाई निःशुल्क वाइन टेस्टिङ र ट्रेनिङ दिइरहेको छ ।

प्रीमियम वाइन आयतकर्ताको रूपमा स्थापना गरिएको ‘द ड्रिङकर्ड नेपाल’ले आधिकारीक वाइन कन्सल्टेन्टका माध्यमबाट ग्राहकलाई जनचेतनासहित वाइनलाई जीवन, संस्कृति र आहारको रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ ।

‘वाइन अंगुरबाट मात्रै बन्छ भन्ने कुरा थाहा नहुँदा वाइन भनेर जस्तोसुकै फलफूलबाट बनेका पेय पदार्थ खाने गरिएको छ ।’ द ड्रिङकर्ड नेपालका प्रवन्ध निर्देशक दीपक आचार्य भन्छन्, ‘वाइनलाई तापक्रम मिलाएर स्टोर गर्ने र खाने उपयुक्त ज्ञान नहुँदा वाइनको स्वादमा व्यापक परिवर्तन आइसकेको हुन्छ ।’

सर्टिफाईड वाइन एक्स्पोर्ट मार्फत् वाइन टेस्टिङ र ट्रेनिङ सम्बन्धि कार्यक्रम समेत सञ्चालन गर्ने भएकाले वाइनको वास्तविक स्वाद लिन चाहने पारखीका लागि द ड्रिङकर्ड नेपाल नेपालकै पहिलो र एकमात्र आधिकारीक वाइन सप भएको आचार्यको दाबी छ ।

युरोपमा उत्पादन गरिएका उच्च गुणस्तरका वाइने सिधै खरिद गर्ने भएकाले अन्य कम्पनीको तुलनामा सस्तो मुल्यमा उपलब्ध हुने द ड्रिङकर्ड नेपालका सञ्चालक विपिन गौतमको दाबी छ । निकट भविष्यमा नै वाइन टेस्टिङ र ट्रेनिङ कार्यक्रम सहित होटल, रेष्टुरेन्ट र पसलमा वाइन उपलब्ध गराउने सञ्चालक गौतमको भनाइ छ ।

नेपालमा अहिले विभिन्न देशबाट आयात गरिएका वा स्वदेशमै उत्पादन भएका वाइन उपलब्ध भएपनि वाइनका पारखीका लागि गुणस्तरीय वाइन र वाइन कल्चर उपलब्ध नभएको ग्राहकको गुनासोलाई यो अभियानले उचित सम्बोधन गर्ने कम्पनीको दाबी छ ।

प्रतिक्रिया

One thought on “नेपालमा युरोपको ‘वाइन कल्चर’ भित्र्याउने द ड्रिङकर्डको दाबी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =