कम शब्द र बढी तस्बिरमा आजको बानेश्वर क्षेत्र !

काठमाडाैँ । एमसीसी प्रस्तावलाई छलफलका लागि पेश गर्ने सम्भावित कार्यसूची आएदेखि नै बिहीबार नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन चर्किने अनुमान गरिएको थियो ।  आखिर अनुमान सही भयाे । आज पनि एमसीसीको विरोधमा प्रदर्शनका कारण मध्य दिनदेखि घाम अस्ताउँदासम्मै नयाँ बानेश्वर क्षेत्र रणभूमिजस्तै बन्यो ।

सत्तारुढ माओवादी केन्द्रका जनवर्गीय सङ्गठनहरू, ८ वटा कम्युनिष्ट मोर्चा र केही ‘राष्ट्रवादी’ मोर्चाका कार्यकर्ताले दिनभर प्रदर्शन गरे । माओवादी केन्द्रनिकट वाईसीएल र अखिल क्रान्तिकारीले केहीबेर शान्तिपूर्ण प्रदर्शन गरि फर्किए ।

राप्रपालगायत अन्य दल पनि केहीबेर शान्तिपूर्ण प्रदर्शन गरे फर्किएका थिए । प्रदर्शनकै क्रममा आजकाे संसद् बैठक भाेलिसम्मका लागि स्थगित गर्ने निर्णय भएसँगै प्रदर्शन केही मत्थर हुँदै गएको थियो । तर, विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता प्रदर्शनमा आएपछि प्रदर्शनले फेरि उग्र रूप लियाे ।

प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सीबाट शुरू भएर पानीका फोहोरा, अश्रुग्यास र लाठीचार्जसम्म पुग्यो । अश्रुग्यासको सेल लागेर एकजना प्रदर्शनकारी गम्भीर घाइते भए । स्थिति नियन्त्रणमा लिन प्रहरीले सयाैं सेल अश्रुग्यास प्रयोग गर्‍याे । साँझपख भने स्थिति सामान्य बन्दै गयो । तैपनि सर्वसाधारण नागरिकको तनाव भने अनुहारमा सहजै देख्न सकिन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *