एमसीसीविरुद्धकाे प्रदर्शनमा घाइते हेमराजकाे अवस्था चिन्ताजनक, अन्नपूर्ण न्यूराे रेफर

काठमाडाैँ । बिहीबारकाे एमसीसीविरुद्धकाे प्रदर्शका क्रममा घाइते भएका हेमराज अवस्थीकाे अवस्था चिन्ताजनक बनेकाे छ । बिहान नयाँ बानेश्वरमा प्रदर्शनका क्रममा अश्रुग्यासकाे सेल लागेर घटनास्थलमै ढलेका उनलाई बानेश्वरकै एभरेष्ट अस्पताल पुर्‍याइएकाे थियाे ।

टाउकाेमा गम्भीर चाेट लागेका उनलाई सामान्य उपचारपछि एभरेष्टबाट अस्पतालबाट महाङकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा रेफर गरिएकाे थियाे । त्यहाँ पनि उनकाे उपचार सम्भव नदेखिएपछि अन्नपूर्ण न्यूराे अस्पताल रेफर गरिएकाे छ ।

अन्नपूर्ण न्यूराेका सूचना अधिकारी आकाश रिजालकाअनुसार त्यहाँ ल्याउँदासम्म हेमराजकाे स्वास्थ्य स्थिर छ । यद्यपि अवस्था गम्भीर नै रहेकाे उनकाे भनाइ छ । ‘उहाँलाई खासमा आईसीयूका लागि ल्याइएकाे हाे । यसाे हुँदा उहाँकाे अवस्था गम्भीर नै छ भन्ने हाे । अहिले भित्र लगिएकाे छ,’ रिजालले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =