एमसीसी भोटिङपछि माओवादी गठबन्धनमा बस्दैन : गिरीराजमणि पोखरेल

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका सांसद गिरीराजमणि पोखरेलले एमसीसीमा भोटिङ भएपछि गठबन्धनमा माओवादी नबस्ने जवाफ कांग्रेसलाइ दिएको बताएका छन् ।

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका सांसद पोखरेलले आफूहरू एमसीसीको विपक्षीमा रहेकाले यसमा भोटिङ भएपछि गठबन्धनमा नरहने कुरा प्रचण्डले प्रधानमन्त्रीलाई जानकारी गराएको बताए । उनले एमसीसीका विषयमा सैद्धान्तिक छलफल गर्ने भनेपछि सरकारको आग्रहमा संसदको बैठक सारिएको जानकारी दिए ।

पोखरेलले एमसीसीमा सहमति खोज्ने विषय सकारात्मक भएपनि आफूले ल्याएको प्रस्तावमा बहुमत नजुट्ने देखिएपछि बैठक सार्न खोजिएको जस्तो देखिएको धारणा राखे ।

त्यस्तै, कांग्रेस नेता मीन विश्वकर्माले सत्ता गठबन्धनमा रहेका दलहरूले एमसीसीका विषयमा आफ्नो कित्ता स्पष्ट पार्नुपर्ने बताए । उनले शुक्रबारसम्म माओवादी र नेकपा समाजवादीलाई एमसीसीका बिषयमा स्पष्ट धारणा राख्न भनिएको जानकारी दिए ।

उनले एमसीसीको महत्व कांग्रेसका साथै एमालेले पनि बुझेको तर सत्तागठबन्धनका केही दलले बुझ्न नसकेको तर्क गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *