बुद्धले थप्यो अर्को एटीआर-७२, जहाज संख्या १६ पुग्यो

पोखरालाई हब बनाएर देशका विभिन्न गन्तव्यमा सिधा उडान भर्ने बुद्धको योजना

काठमाडाैँ । बुद्ध एयरले हिजो साँझ थप एटीआर-७२ जहाज भित्र्याएको छ । कलसाईन ९एन-एआरपी रहेको जहाजको आवश्यक कागजी प्रक्रिया पु¥याई २ साताभित्र उडान सेवा दिने प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुने र हवाईभाडादर पनि स्वतः सस्तो र सहज हुन्छ । त्यही अनुरुप बुद्ध एयरले ७२ सिटे जहाज भित्र्याएको हो । यससँगै बुद्ध एयरको जहाज संख्या १६ पुगेको छ । जसअनुसार ११ वटा एटीआर-७२, ३ वटा एटीआर-४२ र २ वटा बिचएयरक्राफ्ट जहाज रहेका छन् ।

बुद्ध एयर निरन्तर सहज र सरल भाडादरको लागि प्रतिवद्ध छ । गएको जनवरी महिनादेखि अन्तरर्राष्ट्रिय यात्रुतर्फको ‘डलर’ हवाई भाडादर ८० प्रतिशतले घटाएको छ । त्यस्तै नेपालमै ६ महिना अवधि बसाई गरेका अन्तर्राष्ट्रिय नागरिकहरुको हकमा यसअघि ७५ प्रतिशतले बढी रहेको भाडादर पनि घटाएको छ ।

सस्तिएको भाडादरले पर्यटक भित्र्याउन ठूलो मद्दत गर्ने बुद्ध एयरले विज्ञप्ति मार्फत जनाएको छ । यसबाट पर्यटन क्षेत्रलाई पनि ठूलो टेवा पुग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + seven =