अत्यावश्यक कामबाहेक युक्रेनमा नबस्नू : परराष्ट्र मन्त्रालय

काठमाडौँ । परराष्ट्र मन्त्रालयले अत्यावश्यक कामबाहेक युक्रेनमा नबस्न त्यहाँस्थित नेपालीहरूलाई आग्रह गरेको छ ।

बुधवार विज्ञप्ति जारी गर्दै मन्त्रालयले अत्यावश्यक कामबाहेक युक्रेनमा नबस्न र उपलब्ध व्यावसायिक हवाइ उडानमा चढी स्वदेश फर्किन आग्रह गरेको हो ।

त्यस्तै, परराष्ट्र मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न पनि नेपाली नागरिकलाई आग्रग गरेको छ । रुससँगको तनावका कारण युक्रेनमा पछिल्लो समय हिंसात्मक घटना हुन सक्ने भन्दै मन्त्रालयले सचेत हुन आग्रह गरेको हो ।

त्यस्तै, मन्त्रालयले युक्रेनमा रहेका नेपाली नागरिकले आवश्यक परेमा नेपाली राजदूतावास, बर्लिनको निम्नलिखित ठेगानमा सम्पर्क गर्न सकिनेसमेत बताएकाे छ ।

सम्पर्कः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =