देउवा-ओलीबीच एमसीसी अनुमाेदनबारे छलफल

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भएकाे भेटमा एमसीसी अनुमाेदनबारे छलफल भएकाे छ ।

मंगलवार साँझ करिब डेढ घण्टा भएको भेटमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेश्न (एमसीसी)का साथै समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले एमसीसी अनुमाेदनका लागि एमालेकाे साथ मागेपछि अध्यक्ष ओलीले एमालेले अघि सारेका मागहरू पूरा गर्न भनेका थिए ।

सरकारले प्रतिनिधिसभाको आइतबारको बैठकमा एमसीसीसम्बन्धी प्रस्ताव अनुमोदनका लागि टेबुल गरेको थियो । एमसीसी सम्झौतालाई यही फागुन १६ गतेभित्र संसद्बाट अनुमोदन गर्न सरकारले सो अवधिभित्र सबै राजनीतिक दलको सहमतिमा एमसीसीसम्बन्धी प्रस्ताव अनुमोदन गर्न सबै दलहरूबीच छलफल अघि बढाएको छ ।

भेटवार्तामा कांग्रेसका तर्फबाट पार्टी सभापति एवं प्रधानमन्त्री देउवा र उपसभापति पूर्णबहादुर खड्का सहभागी थिए भने एमालेका तर्फबाट अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी रहेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =