देउवा-ओलीबीच भेटवार्ता

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधान मन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न प्रधान मन्त्री सरकारी निवास बालुवाटार छिरेका छन् । बालुवाटार स्राेतकाअनुसार ओली मंगलबार साँझ बालुवाटार छिरेका हुन् ।
संसद्मा एमसीसी फागुन ८ गते पेश भएकाे छ । यसपछि ओली प्रधान मन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।
सत्ता सहयात्री दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमाेर्चालगायतले एमसीसीकाे विपक्षमा उभिने नीतिगत निर्णय नै गरेपछि प्रधान मन्त्री देउवाले एमसीसीकाे हिमायती एमालेसँगकाे संवादलाई तीव्र पारेका छन् ।
यसअघि पनि प्रधान मन्त्री देउवाले ज्ञानेन्द्रबहादुर कार्की, मीनेन्द्रप्रसाद रिजाललगायतका नेताहरूमार्फत ओलीसँग संवाद गरेका थिए । एमसीसी संसद्मा पेश भइसकेकाे अवस्थाकाे देउवा-ओलीबीचकाे भेटवार्तालाई उच्च महत्त्वका साथ हेरिएकाे छ ।








