पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न अध्यक्ष ओली बालुवाटारमा

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधान मन्त्री केपी शर्मा ओली र प्रधान मन्त्री शेरबहादुर देउवाबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने भएको छ ।

छलफलका लागि अध्यक्ष ओली प्रधान मन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

संसदमा एमसिसी टेबल भएपछि प्रधान मन्त्री देउवा र ओलीबीच पहिलो पटक भेटवार्ता हुन लागेको हो । एमसीसी पारित गर्ने विषयमा प्रधान मन्त्री देउवा सत्तारुढ दलहरू र मूख्य विपक्षी दल एमालेसँग समानान्तर छलफलमा छन् । प्रधान मन्त्री देउवा केही दिन अघि ओली निवास बालकोट पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *