थप ४७६ जनामा काेराेना संक्रमण, ३ काे मृत्यु

काठमाडाैँ । नेपालमा थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार ६ सय ४ पिसिआर परिक्षणका क्रममा २ सय ९९ जना र २ हजार ८ सय २० एन्टीजेन परीक्षणका क्रममा १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय २८ जनाको मृत्यु भएको छ ।

त्यस्तै, थप ८ सय ३१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५३ हजार ४ सय ३० जना निको भएका छन् । हाल नेपालमा १० हजार ७ सय ४७ सक्रिय संक्रमित आइसाेलेशन र १०७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *