एमसीसीविरुद्धकाे रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ । अमेरिकी परियोजना एमसीसीलाई संसदबाट अनुमोदन गर्न आवश्यक नरहेको दावी गर्दै दर्ता गर्न खोजिएका दुईवटा रिटलाई सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरिदिएको छ ।

अधिवक्ताहरु सुरेन्द्र भण्डारी र स्वागत नेपालले एमसीसी सन्धि नभएकाले सदनबाट अनुमोदन गर्न आवश्यक नरहेको भन्दै सर्वोच्चमा रिट लिएर गएकोमा सर्वोच्चले यी रिट दर्ता गर्न अस्विकार गर्दै दरपिठ गरिदिएको हो ।

यो विषय संसदमा प्रवेश गरिसकेकाले यसलाई दरपीठ गरिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *