जेब्रा झोलामा भेटिएको शवको पहिचान खुल्यो

काठमाडौँ । हत्या गरेपछि शरीरलाई टुक्रा बनाउँदै जेब्रा झोलाभित्र प्याक गरेर जङ्गलमा फ्यालिएको शवको एक सातापछि पहिचान खुलेको छ । हत्या गरिएका व्यक्ति झापाको दमक नगरपालिका-५ का ४३ वर्षीय दीपक सिग्देल रहेको पुष्टि भएको हो ।

फागुन ४ गते साँझ सुनसरी धरान-४ स्थित धरान-धनकुटा सडकखण्डको जेठामाने गोलाइस्थित खर्दु सामुदायिक वन क्षेत्रमा उनको लास भेटिएको थियो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईकाअनुसार प्रारम्भिक अनुसन्धानबाट सिग्देलको पुरानो घर इलामको बाँझोमा रहेको खुलेको छ ।

सिग्देल परिवार केही वर्षअघि मात्रै दमकमा बसाइँ सरेर आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । घटनाबारे विस्तृत जानकारी दिन इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *