जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला, हत्या गरी फालिएको आशंका

विराटनगर । सुनसरीको जंगलमा मानिसको टाउको र खुट्टा फेला परेको छ । धरान-भेडेटार सडक खण्डको जंगलमा एउटा झोलाभित्र टाउको र खुट्टा फेला परेको हो ।

जंगलको बिचमा जेब्रा झोलाभित्र मानिसको टाउको र एउटा खुट्टा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बुधबार दिउँसो आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले दुर्गन्ध फैलिएपछि हेर्दा जेब्राभित्र टाउको र खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।

स्थानीयको खबरपछि त्यहाँ पुगेको प्रहरी टोलीले घटनाबारे अनुसन्धान शुरू गरेको धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । ‘एउटा खुट्टा र टाउको फालिएको अवस्थामा भेटिएको छ,’ कुँवरले भने, ‘दाउरा टिप्न नजेले जाँदा दुर्गन्ध फैलिएर फेला परेको रहेछ, शवको मुचुल्का गरेर सबुतहरू परीक्षणको लागि संकलन गरेका छौँ ।’

झोलाभित्र टाउको र खुट्टा फेला परेपनि शरीर फेला नपरेको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा हत्या गरेर त्यहाँ फालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

One thought on “जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला, हत्या गरी फालिएको आशंका

Leave a Reply

Your email address will not be published. Required fields are marked *