पलकाे प्रष्टाेक्ति- ‘मसँग जाेडिएकाे समाचार असत्य’

काठमाडाैँ । अभिनेता पल शाहले आफूलाई जाेडेर प्रकाशित समाचारहरूमा कुनै सत्यता नभएकाे प्रष्टीकरण दिएका छन् । विभिन्न सञ्चारमाध्यमले एकजना गायिका लगायतसँग जाेडेर प्रकाशित गरेकाे समाचारमा कुनै सत्यता नभएकाे शाहकाे प्रष्टाेक्ति छ । ‘मेराे नाम जोडेर प्रकाशित समाचारहरू वास्तविकताभन्दा धेरै टाढा रहेको हुँदा सोबाट भ्रमित नहुन हार्दिक अपिल गर्दछु’, शाहले भनेका थिए ।

यस्तै उनले फरक प्रसङ्ग र चलचित्रमा काम गर्ने क्रममा रेकर्ड गरिएका आवाजलाई मिक्सिङ्ग गरेर अहिले सामाजिक सञ्जालमा भाइरल गराइएकाे आराेप लगाएका छन् । भनेका छन्— ‘फरक प्रसङ्ग तथा चलचित्रमा अभिनय गर्ने क्रममा रेकर्ड गरिएका संवादहरूलाई हाम्रो वास्तविक जीवनसँग जोड्ने प्रयासमा रहनुभएका मेरा केही पुरुष सहकर्मीले नीज गायिकालाई मेराविरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई छ ।’ यसअघि पनि शाहसँग गायिका अधिकारीकाे नाम जाेडिएर आएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + thirteen =