टी-ट्वेन्टी विश्वकप छनोट

विश्वकपमा पुग्न नेपालले युएईलाई हराउनैपर्ने

काठमाडौँ । नेपालले आज आइसीसी टी-ट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायरको सेमिफाइनलमा युएईसँग खेल्दैछ । सेमिफाइनल खेल नेपाली समय अनुसार पौने चार बजेदेखि शुरु हुनेछ ।

युएईसँग नेपालले अहिलेसम्म कुल ४ टी-ट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेलेको छ, जसमा नेपालले दुई जित हासिल गरेको छ भने युएईले २ जित हासिल गरेको छ । पछिल्लो पटक ग्लोबल क्वालिफायर अघि सम्पन्न चार देशीय सिरिजमा नेपाललाई युएईले २५ रनले पराजित गरेको थियो ।

तर ग्लोबल क्वालिफायरमा भने नेपालको प्रदर्शन उत्कृष्ट रहेको छ । नेपालले समूह चरणमा खेलेका तिनै खेलमा सहज जित हासिल गरेर सेमिफाइनल यात्रा तय गरेको छ । अर्कोतर्फ युएईले भने समूह चरणमा २ जित र एक हार बेहोरेको थियो । यस खेलमा हुने जितले अस्ट्रेलियामा हुने विश्वकपको यात्रा तय हुने हुनाले पनि दुवै देशका लागि यो खेल महत्त्वपूर्ण रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *