हामी एमसीसीको विपक्षमा उभिन्छौँ, प्रहरी दमनको विरोध गर्छौँ : प्रचण्ड
२०७८ फागुन ९ गते

काठमाडौँ । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी एमसीसीको विपक्षमा उभिने दोहोर्याएका छन् । आइतबार संसद्मा एमसीसी पेस भएपछि प्रचण्डले सामाजिक सञ्जालमार्फत केन्द्र एमसीसीको विपक्षमा उभिने दोहोर्याएका हुन् ।
पार्टी र संसदीय दलले यथास्थितिमा एमसीसीको विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको उनले बताए । उनले भनेका छन्, ‘विवाद र विरोधकाबीच सरकारले एमसीसी टेबुल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले यथास्थितिमा एमसीसीको का विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’
उनले एमसीसीको विरोधमा उत्रिएकामाथि भएको प्रहरी दमनको विरोध पनि गरे । एमसीसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथी भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ उनले भनेका छन् ।
२०७८ फागुन ९ गते
प्रतिक्रिया
सम्बन्धित








