पूर्वसभामुख महराकाे विज्ञप्तिः एमसीसी जबर्जस्ती पेश भयाे !

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख एवं सांसद कृष्णबहादुर महराले एमसीसी जबर्जस्ती प्रतिनिधिसभामा पेश भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता समेत रहेका महराले विज्ञप्ति जारी गर्दै एमसीसी जबर्जस्ती प्रतिनिधिसभामा पेस भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

’सत्तारुढ गठबन्धनमा हाम्रो पार्टीको तर्फबाट स्पष्ट रुपमा संसदमा पेस नगर्न आग्रह गर्दा पनि सरकारले जबर्जस्ती एमसीसी सम्झौता अघि बढाउन खोजेपछि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा संसदीय दलको तर्फबाट लिखित असहमति जाहेर गरिएको छ’ महराले पूर्व सभामुखको रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’ देशको स्वाधीनता र राष्ट्रियतामा नै प्रश्न उठ्न सक्ने विषयमा दलहरुबीच राष्ट्रिय सहमति नगरिकन र सत्तारुढ दलभित्रै एकरुपता नहुँदा नहुँदै जबर्जस्ती प्रतिनिधि सभामा पेस भएको घटनाप्रति हाम्रो गम्भीर आपत्ति छ ।’

विज्ञप्तिः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 10 =