नान्टेससँग हार्‍यो शीर्ष स्थानको पीएसजी

काठमाडौँ । च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल म्याड्रिडलाई हराएको पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा नान्टेससँग पराजित भएको छ । पीएसजी नान्टेसको मैदानमा ३-१ ले पराजित भएको हो ।

नान्टेसको जितमा रन्डाल कोलो मुअनी, कुइन्टिन मार्लीन र लुडोभिक ब्लासले एक एक गोल गरे । पीएसजीका लागि नेयमारले सान्त्वना गोल फर्काएका थिए । ५९औँ मिनेटमा नेयमारले पेनाल्टी सदुपयोग गर्न नसक्दा पिएसजी थप दबाबमा परेको थियो ।

हारपछि २५ खेलबाट ५९ अंक बनाएको पीएसजी शीर्ष स्थानमा कायम छ भने समान खेलबाट ३८ अंक बनाएको नान्टेस पाँचौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 13 =