बढुवा भएको तेस्रो सिजन च्यासल रेलिगेसनमा

काठमाडाैँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल क्लब रेलिगेशनमा परेको छ। ‘ए’ डिभिजनमा उक्लिएको तेस्रो सिजनमा च्यासल पुन ‘बी’ डिभिजनमा घटुवा भएको हो।

२०१६ मा शिर्ष डिभिजनमा उक्लिएको च्यासल २०१८-१९ को सिजनमा आठौं र २०१९-२० को सिजनमा नवाै स्थानमा रहेको थियो । जारी लिगमा च्यासलले १२ खेलसम्म मात्र एक खेलमा जित निकाल्दा आठ खेलमा हार ब्यहोर्यो भने तीन खेलमा बराबरी गरेको थियो। उसले लिगमा २१ गोल खाँदा पाँच गोल गरेको थियो।

शनिबारको खेलमा च्यासल फ्रेन्ड्ससँग २-१ ले पराजित भयो। दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा च्यासलले दबाव दिएपनि गोल गर्न सकेन ।

३७ औँ मिनेटमा फ्रेन्ड्सका जमोउल एन्थोनीको गोलमा अग्रता बनायो। ४० औँ मिनेटमा अभिषेक लिम्बुले जमोउल एन्थोनीलाई डिबक्समा फल गरेपछि पाएको पेनाल्टीलाई जमोउल एन्थोनीले नै गोल गर्दै टीमको अग्रता दोब्बर बनाए। उनले जारी लिगमा चार गोल पुरा गरेका छन्।

पहिलो हाफमा दुई गोलले पछाडी परेको च्यासलले खेलको ५५ औँ मिनेटमा पेनाल्टी मार्फत खेल बराबरीमा ल्यायो। फ्रेन्ड्सका गोलरक्षक राहुल यादवले च्यासलका राजिब लोप्चाङलाई फल गरेपछि पाएको पेनाल्टीलाई मोउसा अबागानले गोल गर्दै खेललाई २-१ को अबस्थामा ल्याए। त्यसपछि थप गोल हुन सकेन र खेलमा फ्रेन्डसले महत्वपुर्ण ३ अंक हासिल गर्यो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − six =