चार जनालाई ‘युवा पत्रकारिता पुरस्कार’

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले चार जनालाई ‘युवा पत्रकारिता पुरस्कार २०७८’ प्रदान गर्ने भएको छ । पुरस्कार प्राप्त गर्नका लागि दिएका आवेदनमध्येबाट तनहुँका बसन्ती बास्तोला, अछामका पूर्णबहादुर खड्का, डोटीका सीताराम ओझा र अछामका केशवबहादुर भुललाई पुरस्कार प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

पत्रकारिताको माध्यमबाट युवाको क्षेत्रमा योगदान पुर्‍याएबापत चारै जनालाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । युवा पत्रकारिता पुरस्कार कार्यविधि, २०७५ अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको छनौट समितिले पुरस्कृतको नाम छनोट गरेको हो ।

चारै जनलाई एक कार्यक्रममाबीच पुरस्कृत गरिने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । युवा पत्रकारिता पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ । २०७५ सालदेखि मन्त्रालयले हरेक वर्ष युवाको क्षेत्रमा कलम चलाउँदै आएका चार–चार जनालाई पुरस्कृत गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *